देश । सुर्खेतमा थप १२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक महिलासहित ८ जना पुरुष, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा २/२ जना पुरुषमा कोरोना पुष्टि भएको हो । वीरेन्द्ररनगर नगरपालिका-१ मा १६ वर्षीय किशोर, वडानम्बर २ मा ३२ वर्षीय महिला र ९ वर्षीय बालकसहित २०, ३२ र ३६ वर्षका पुरुष, वडानम्बर ३ मा ४६ वर्षका पुरुष र वडानम्बर ६ मा २६ वर्षका युवकमा कोरोना पुष्टि भएको छ ।
यसैगरी, पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका-८ मा १६ र १७ वर्षीय दुईजना पुरुष र सिम्ता गाउँपालिका-४ मा ३५ र ४९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । योसँगै सुर्खेतमा संक्रमितको संक्रमितको संख्या १५ पुगेको छ भने कर्णाली प्रदेशमा २३ पुगेको छ । नेपालमा भने कुल संक्रमितको संख्या ७ सय २ पुगेको छ । मंगलवार विहान मात्र अर्घाखाँचीमा २ जना र प्रदेश नम्बर २ का विभिन्न जिल्लामा ६ जनामा संक्रमण पुष्टी भइसकेको छ ।







