देश । केहि समय यता नेपाल र भारत बीच सिमानालाई लिएर विवाद हुँदै आएको छ । लिम्पियाधुरा , लिपुलेक र कालापानीलाई समेट्दै नेपालले नयाँ नक्सा सार्वजनिक गरेसँगै भारत रुष्ट छ । यसै कारण हुन् सक्ने दुई पक्षीय सम्झौता विपरित भारतले नेपाली चियामा प्रतिबन्ध लगाएको छ ।
लकडाउनको समयमा अत्यावश्यक सामग्री र कृषिजन्य वस्तुको आयात–निर्यातमा कुनै रोकावट नहुने समझदारी भए पनि भारतले नेपालमा उत्पादिन चियामा रोक लगाएको हो। यस सम्बन्धमा पहल गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परराष्ट्रमन्त्रालयलाई पत्र काटेको छ ।
कमेन्ट गर्नुहोस्











