प्रम ओलीले भने ‘चन्दा नदिनुस्’

देश । पछिल्लो समय आफ्नो अभिव्यक्तिको कारण प्रधानमन्त्री केपी शर्मा ओली चर्चामा आउने गर्छन । उनि पछिल्लो समय एक भाषणको काममा विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहहरुलाई निर्देशन दिएर चर्चामा आएका छन् । सरकारले विध्वंशकारी क्रियाकलाप स्वीकार नगर्ने भन्दै उनले कानुन बमोजिम नियन्त्रण गर्ने निर्णय गरिएको बताए ।

नेपाल नगरपालिका संघको २६ औं स्थापना दिवसमा प्रधानमन्त्री ओलीले मन्तव्य राख्ने क्रममा निर्देशन दिएका हुन् । उनले भने, ‘राजनीतिक आचरण र व्यवहारका साथ राजनीतिक क्रियाकलापमा आउन सबैलाई बाटो खुला छ । तर, आतंकलाई अस्त्र बनाएर लुटको धन्दा चलाउन पाइँदैन । विप्लव समूहमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयतर्फ संकेत गर्दै उनले विध्वंशकारी क्रियाकलाप गर्नेहरुलाई कानुन बमोजिम नियन्त्रण गर्ने निर्णय भइसकेको बताए । प्रधानमन्त्री ओलीले भने, त्यो सरकारले गर्छ ।’

Facebook Comments