विवादमा वर्षा

फिल्म । पछिल्लो समय नेपाल र भारतमा लिपुलेख , लिम्पियाधुरा र कालापानीको विषयमा चर्चा भइरहेको छ । भारतले नेपाली भूभागमा सडक बनाएसँगै नेपालले नयाँ नक्सा सार्वजनिक गरिसकेको छ । नक्सा सार्वजनिक गर्दै नेपालले प्रमाणहरु समेत पेश गरेको छ । नेपाल र भारतबीच उत्पन्न सीमा विवादका सन्दर्भमा अभिनेत्री मनिषा कोइरालाले ट्विट गर्दा भारतीय मिडियाले उनको धेरै आलोचना गर्यो । त्यसपछि नेपालीले सामजिक सञ्जालमा उनको समर्थन गरे । मनिषाले विवादल़िया त्रिपक्षीय वार्ताको माध्यामबाट सुल्झाउनु पर्ने तर्क गर्दै नेपाली नक्सा शेयर गरेकी थिइन् ।

पछिल्लो समय यस विषयले नेपालमा राष्ट्रियता बढ्दो छ । यसै विषयसँग जोडिएर अभिनेत्री वर्षा राउतले दिएको एक अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको टिप्पणी स्तरहीन भएको भन्दै समाजिक सञ्जाल प्रयोगकर्ताले उक्त क्लिपलाई शेयर गरिरहेका छन् । अर्थात् वर्षा विवादमा मुछिएकी छन् ।

‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त टेबल टक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन्’ वर्षाले क्लिपमा भनेकी छिन् । उनले यसलाई निरन्तरता दिदै थप्छिन् ,‘मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने र मेरो इन्डियन साथीहरुले मसित कसरी फेस गर्ने भइरहेको छ ।’

यहि शब्द बोलिएको क्लिपले उनलाई विवादमा तानेको छ । भारतीय मिडियाले नेपालको भूमि र मनिषाको विषयमा टिप्पणी गरिरहदा नेपाली मिडिया त्यसको प्रतिकारमा पनि उत्रिएका छन् । नेपाली मिडियाले भूमिको विषयमा अझै कडा रुपमा आउनु पर्ने आवाज सामाजिक सञ्जालमा उठिरहदा वर्षाले भारतीय साथी उनीसित रिसाउलान् भनेर दिएको अभिव्यक्तिले विवाद निम्त्याएको छ । नेपालको सेलिब्रिटी हुनुको नाताले उनले आफ्ना इन्डियन साथीलार्ई पनि भूभागको विषय बुझाउने दायित्व उनको रहेको भन्दै सामाजिक सञ्जाल प्रतिक्रियाहरु छन् ।

कमेन्ट गर्नुहोस्