विदेश । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक विमान दुर्घटनामा परेको छ । पाकिस्तानी टेलिभिजन जियो टीभीका अनुसार जिन्नाह इन्टरनेशनल एयरपोर्टमा उक्त विमान ल्याण्ड हुनुभन्दा एक मिनेटपहिला दुर्घटनामा परेको हो ।
विमानमा ९७ जनाको रहेको बुझिएको छ । जसमध्ये ८५ जना यात्रु र १२ जना विमानमा चालक दलका सदस्य छन् । पाकिस्तानको नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त विमान लाहोरबाट आएको थियो । प्राधिकरणका अनुसार विमान एक मिनेटमा ल्याण्ड हुने अनुमान गरिएको अवस्थामा विमानसँगको सम्पर्क विच्छेद भएको थियो ।साँघुरो बाटो र मानिसको भिडको कारण उद्धारमा कठिनाइ भइरहेको बताइएको छ । (एजेन्सी)
कमेन्ट गर्नुहोस्









