देश । नेपालमा पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या बढ्दो छ । बेलैमा सतर्कतामा विचार नगर्दा नेपालमा यसको जोखिम बढ्दो छ । तर , उपचारपछी घर फर्किनेको क्रम पनि बढ्दो छ । यसैबीच ४ जना कोरोना भाइरस संक्रमित विरामी सफल उपचारपछी विहिबार डिस्चार्ज भएका छन् । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना भाइरसबाट मुक्त भएपछी डिस्चार्ज गरिएको हो ।
पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएको अस्पतालले जनाएको छ । डिस्चार्ज हुनेमा दुई जना भक्तपुरका र दुई जना काठमाडौंका रहेका छन् । डिस्चार्ज हुने दुई जना पुरुष र दुई जना महिला छन् । अस्पतालमा थप एक जना संक्रमित उपचारको क्रममा रहेका छन् । यो चार जनासंगै कोरोना भाइरसको संक्रमणको उपचारपछि डिस्चार्ज हुनेको संख्या ४९ पुगेको छ ।








