हरर फिल्म ल्याउदै रोशन (भिडियो)

फिल्म । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) का कारण विश्वकै आधा जनसंख्या घरमै छन् । सामाजिक दुरी कायम गरेर कोरोना भाइरसको महामारी रोक्न सकिने भएको हुँदा अधिकाँस देशले ‘लकडाउन’ गरिरहेका छन् । यसैले गर्दा दर्शकको रोजाई ओटिटीमा छ । डिजिटल प्लेटफर्ममा उपलब्ध भएका मनोरन्जनात्मक खुराक नै दिनचर्या बनिरहेको छ ।

नेपालमा पनि पछिल्लो समय टिभी , एपहरु र युट्युबमा फिल्म तथा छोटा फिल्महरु सार्वजनिक भइरहेका छन् । यसैक्रममा रेज इन्टरटेनमेन्टको प्रस्तुति छोटो हरर फिल्म ‘ओयजा’ को ट्रेलर सार्वजनिक गरिएको छ । आउँदो साता रिलिज हुने छोटो फिल्मको ट्रेलरमा यसको कथासारलाई प्रस्ट्याउने कोसिश गरिएको छ ।

रोशन दासको निर्देशन रहेको फिल्ममा गुनगुन दास, अनिश, सुनिल, बिशाल केसी र कमला तामाङसँगै स्वयम् निर्देशक दासको पनि अभिनय रहेको छ । यसको छायाँकनमा पनि रोशन श्रेष्ठ र अनिश पन्च ‘क्रिजोन’ लाई निर्देशक दासले साथ् दिएका छन् । यसमा सम्पादनसँगै लेखन पनि उनकै रहेको छ । फिल्मलाई दर्शकले जेठ १२ गते युट्युबमा हेर्न पाउनेछन् ।

कमेन्ट गर्नुहोस्