ब्राजिलमा संक्रमित बढ्दै

विदेश । केहि समय यता ब्राजिलमा कोरोना भाइरस (कोभिड १९) को संक्रमित बढ्दो छ । युरोपेली राष्ट्र स्पेन र इटाली भन्दा पनि बढी संक्रमित ब्राजिलमा पाइएको छ । सबैभन्दा धेरै संक्रमित व्यक्तिको आधारमा ब्राजिल विश्वका देशहरुको सूचीमा चौथो नम्बरमा छ । यद्यपि संक्रमितहरुको यो संख्या अमेरिका, रुस र ब्रिटेनको भन्दा कम हो ।

ब्राजिलमा कूल संक्रमित व्यक्तिहरुको संख्या २ लाख ४१ हजार ८० पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । साथै परिक्षणको दायरा बढाएमा थप संक्रमित देखिने विशेषज्ञहरुको भनाइ छ । किनकी ब्राजिलमा अस्पताल पुगेकाहरुलाई मात्रै कोरोना संक्रमणको जाँच गरिएको छ । ल्याटिन अमेरिकी देश ब्राजिलमा एक दिनमै कोरोना संक्रमणका कारण ८ सय १६ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणका कारण ब्राजिलमा मृत्यु हुनेहरुको संख्या १६ हजार १ सय १८ पुगेको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्