देश । कोरोना भाइरस (कोभिड १९) को कारण नेपालमा गत चैत्र ११ गते देखि लकडाउन छ । सामाजिक दुरी कायम गरेर कोरोना भाइरसको महामारी रोक्न सक्ने भएकाले अहिले विश्वका अधिकांस देश लकडाउनमा छन् । पछिल्लो समय कोरोना भाइरसले प्रदेश नम्बर १ , २ र ५ लाई समस्यामा परिरहेको छ । भारतको सिमानासँग जोडेको भूभाग भएकोले जोखिम उच्च छ । भारतमा काम गर्न गएका नेपालीहरु फर्किदा सरकारले उचित व्यवस्थापन गर्न नसक्दा जोखिम बढेको हो ।
प्रदेश नम्बर २ को सर्लाही जिल्ला पनि यस्तै मध्येको एक हो । यहाँ ३ जनामा भाइरसकको संक्रमण देखिएको छ । आइतबार मात्र सर्लाहीकै रामनगर गाउँपालिका वडा नम्बर ४ निवासी १८ वर्षीय युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनि दुई साता अगाडी काठमान्डौ गएकी थिइन् । युवतीमा संक्रमण देखिएसँगै उनको गाउँमा रहेका परिवारमा सम्पर्कमा आएको व्यक्तिको परिक्षण गरिएको छ ।
सर्लाहीको दक्षिणी क्षेत्र स्थित रामनगर गाउँपालिकाबाट संकलन गरिएकाे २१ जनाको स्वाब परीक्षणकाे नतिजा नेगेटिभ आएको छ । गत शनिवार शंकामा रहेकाहरुको स्वाब संकलन गरी टेकु अस्पतालमा पीसीआर परीक्षणका लागि पठाईएकाे थियाे । २१ जनाकै स्वाब परीक्षण नतिजा नेगेटिभ भएकाे जानकारी प्रमुख जिल्ला अधिकारी माेहन जिसीले जानकारी दिए । संक्रमित युवतीको परिवार काठमान्डौमै बस्ने भएकोले होली मनाउन तराइ आएकी उनि गत वैशाख २२ मा उपत्यका फर्किएकी थिइन् । उनको काठमान्डौमा रहेका परिवारको रिपोर्ट पनि नेगेटिभनै आएको च ।
सर्लाहीमा हालसम्म धनकौल गाउँपालिका–५, हरकठवागोठका १४ वर्षीय बालक, हरिपूर्वा नगरपालिका–३, धनकौल पूर्वारीका मानसिक सन्तुलन ठीक नभएका ४५ वर्षीय पुरुष र रामनगर गाउँपालिका–४, बहुअर्वाकी १८ वर्षीया युवती गरी तीन जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । तीमध्ये बालकको वीरगञ्ज र पुरुषको जनकपुरमा उपचार भइरहेको छ भने युवती काठमान्डौमा उपचाररत छिन् ।








