देश । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट पहिलो पटक एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड-१९ बाट मृत्यु भएपछी अवस्था झनै जटिल बन्दो छ । गत चैत्र ११ देखि लकडाउनको पालना गर्दै घरमै बसिरहेका जनताहरुले संयमता गुमाउन थालेका छन् । कोरोना भाइरसको कारण मृत्यु हुन् थालेपछि आम मानिसमा त्रास बढ्नु स्वाभाविक नै हो ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मृत महिला प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । उहाले आफ्नो आधिकारिक सामाजिक सञ्जाल मार्फत कोरोना भाइरसको कारण ज्यान गुमाएको थाहा पाएपछि आफु दुखि भएको प्रतिक्रिया दिएका छन् । उनले नेपाल सरकारले कसिअको मृत्यु नहोस भन्ने चाहेको र त्यस अनुरुप लागिरहेको समेत बताए ।
उनले ट्वीटरमा लेखेका छन् ,’कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ। मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु।’
कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ। मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु।
— K P Sharma Oli (@kpsharmaoli) May 17, 2020








