दीपिकाले शेयर गरिन् ‘पुरानो सम्झना’

फिल्म । कोरोना भाइरस (कोभिड १९) को कारणले यतिबेला विश्वनै ठप्प झैँ छ । सामाजिक दुरी कायम गरेर कोरोना भाइरसको महामारी फैलिन नदिन सकिने भएको हुँदा विश्वका अधिकांस देशले लकडाउन गरिरहेका छन् । यसैले गर्दा अहिले स्वास्थ्यकर्मी , मिडियाकर्मी र सुरक्षाकर्मी बाहेक अन्य लगभग घरमै छन् । फुर्सदिला रहेका अभिनेत्रीहरुले पुराना दिन सम्झिन थालेका छन् ।

बलिउडदेखि हलिउडसम्मको फिल्ममा देखिएकी दीपिका पादुकोणले हालै समाजिक सञ्जाल मार्फत एक पुरानो तस्बिर सार्वजनिक गरेकी छन् । सार्वजनिक तस्बिरमा दीपिकासँग आमिर खान छन् । सन् २००० को जनवरीको पहिलो दिन दिपिका आफ्ना आमा बाबु र बहिनीसँगै आमिरसँग पारिवारिक जमघटमा थिइन् । सोही बेलाको पारिवारिक तस्बिर हालै सामाजिक सञ्जालमा भाइरल बनेको छ । दिपिका बाबु प्रकाश पादुकोण, आमा उज्वला र बहिनी अनिशासँगै बसिरहेकी देखिन्छिन् ।

दिपिकाले त्यसबेला आमिरसँग खाना खाएको प्रसंग उल्लेख गर्दै जुन अति नै असहज अवस्था भएको प्रतिक्रिया दिएकी छन् । ‘जनवरी १, २००० मा म १३ वर्षकी थिएँ, र अप्ठ्यारो महसुश गरेकी थिएँ । अझै त्यस्तै महसुश हुन्छ । आमिरले दहीसँग खाना खाँदै थिए । म भोकै थिएँ, अहिले जस्तै । तर उनले खाना खान आग्रह गरेनन् र मैले पनि सोधिन, हेर्नूस्,’ दिपिकाले भनेकी छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्