‘सुपरहिरो’ बन्दै कट्रिना

फिल्म । बलिउड अभिनेत्री कट्रिना कैफ ‘सुपरहिरो’ बन्ने भएकी छिन् । केहि समय यता उनको यो फिल्मको तयारी भइरहेको छ । फिल्मलाई अलि अब्बास जफरले निर्देशन गर्दैछन् । उनकै कन्सेप्ट रहेको फिल्मलाई दुइ भागमा तयार गरिनेछ । यो फिल्मलाई नेटफ्लिक्सले निर्माण गर्नेछ । सुरुवाती समयमा फिल्मको निर्माता नेटफ्लिक्स थिएन तर कोरोना भाइरस (कोभिड १९) ले सिर्जना गरेको अवस्थाको कारण निर्माणमा परिवर्तन भएको बताइएको छ ।

नेटफ्लिक्सले निर्माण गर्ने भनिएसँगै फिल्ममा हलिउडका कलाकार पनि हुनछन् । फिल्मलाई अवस्था सामान्य भएपछी सुरु गरिने समेत अलिले बताएका छन् । उनले स्क्रिप्टको काम लगभग पुरा भएको जनाएका छन् । ‘मलाइ एउटा लेडी सुपरहिरोको कन्सेप्ट आयो जसमा मैले कट्रिनालाई देखे’ अलिले भने । अलिले कट्रिनासँग मेरे ब्रदरकी दुल्हन , टाइगर जिन्दा है र भारतमा काम गरिसकेका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्