शाहरुखले भने ,’म र सलमानमा एक हिरो’

फिल्म । बलिउडमा दुई खान शाहरुख र सलमानको चर्चा निकै हुने गर्छ । जब यी दुई कुनै इभेन्टको लागि सँगै हुन्छन , परिचर्चा नै सुरु हुन्छ । पछिल्लो समय सलमानले शाहरुखलाई सहयोग गरिरहेका छन् । केहि समय अगाडी कट्रिना कैफको जन्मोत्सव मनाउने क्रममा दुश्मनी साधेका यिनले पछिल्लो समय स्ट्रगल समयको मित्रतालाई अपनाईसकेका छन् । शाहरुख अभिनित तथा निर्मित फिल्म ‘जिरो’ मा सलमान देखिए । त्यस अगाडी सलमानको ‘ट्युबलाइट’ मा शाहरुख देखिएका थिए ।

सलमान र शाहरुख छुट्टा छुटै एकसाथ देखिएपछि यिनलाई लिएर संजय लीला भन्सालीले फिल्म ल्याउने तयारी थालेका थिए । कन्सेप्टमा क्लियर भएर स्क्रिप्ट लेख्नु अगाडी उनले सलमान र शाहरुखसंग कुरा पनि गरेका थिए । उनको कुरा सुनेपछि यी दुइले स्क्रिप्ट चित्त बुझे फिल्म गर्ने सहमति पनि जनाएका थिए । किनकी यी दुइले करण अर्जुन र हम तुम्हारे है सनम जस्ता फिल्ममा सँगै काम गरेका छन् । पछिल्लो समय सन् २००२ मा सँगै देखिएको सलमान र शाहरुखको जोडीलाई दर्शकले देख्न नपाएको झन्डै १७ वर्ष भइसकेको छ ।

संजयले पनि सलमान र शाहरुखसंग काम गरिसकेका छन् । यसैले पनि फिल्म बन्ने चर्चा हुना साथ् यी दुइकै फ्यान खुसि थिए । तर , संजयको फिल्ममा यी दुइले अभिनय गर्ने चर्चामै सिमित रह्यो । त्यसको ठोस निष्कर्ष आउन सकेन । त्यसपछि संजयले सलमानलाई लिएर ‘इन्शाअल्लाह’ मा काम गर्ने घोषणा गरे । तर , यो फिल्म पनि घोषणामै सिमित रह्यो ।

त्यसपछि यी दुइलाई लिएर बलिउडका अर्का सफल निर्देशक राजकुमार हिरानीले काम गर्ने योजना बनाए । उनले दुवै स्टारलाई कन्सेप्ट सुनाए । त्यसपछि हिरानीलाई पनि स्क्रिप्ट सुनाउन भनियो । यद्दपी पछिल्लो समय शाहरुखले फिल्ममा एक हिरो हुनु पर्ने भनेपछि फिल्मको काम अड्किएको छ । शाहरुख र सलमानलाई हेर्ने दर्शकको ईच्छा पनि समाप्त झैँ भएको छ । दर्शक सलमान र शाहरुखलाई केमियोमा नभई लिड रोलमा हेर्न चाहन्छन त्यो पनि राम्रो निर्देशकको फिल्ममा । यद्दपी शाहरुखको अडानका कारण त्यो सम्भावना न्यून भएको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्