गसिप । कोरानाका कारण फिल्मको सुटिङ ठप्प भएपछि यसको मारमा प्राविधिक परेको भन्दै धेरै कलाकार राहतका लागि अघि सरे । तर, सहयोगका लागि अगाडि आउनेमा थोरै मात्र कलाकार थिए । सामाजिक सञ्जालमा बाँकी कलाकार नजुर्मुराएकोमा प्रश्न उठे । तर, एउटा भर्चुअल कुराकानीमा दयाहाङ राईले यो प्रश्नको उत्तर दिनुपर्यो । उनले सहयोगको कुरा बाध्यात्मकभन्दा पनि स्वैच्छिक राम्रो भन्दै आफूहरूलाई बलिउडका कलाकारसँग तुलना गर्न नहुने जिकिर गरे ।
उनको तर्क थियो– ‘बलिउडमा करोडमा पारिश्रमिक लिने र पाँचदश लाखमा काम गर्ने नेपाली कलाकारलाई एउटैमा दाँज्नु हुन्न ।’ उनको कुरामा असहमत हुने ठाउँ छैन । बलिउडको तुलनामा नेपालमा कलाकारको पारिश्रमिक असाध्य कम छ । तर, नेपालको बजारसँग दाँज्ने हो भने नेपाली कलाकारले पाएको पारिश्रमिकलाई कम भन्न मिल्दैन । अझ जसले नेपाली कलाकार सहयोगका लागि जुटेनन् भनेर प्रश्न गरे, उनीहरूले बलिउड कलाकारजत्तिकै सहयोग गर भनेका पनि त होइनन् होला नि ? हो र ? (सम्पूर्ण साप्ताहिकबाट साभार)












