बोर्डको अध्यक्षका लागि आवेदन खुल्यो

फिल्म । केशव भट्टराईको असामयिक निधनपछि खाली रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवदेन खुल्ला गरिएको छ । सरकारले आज बोर्ड अध्यक्ष पदका लागि सूचना सार्वजनिक गर्दै आवेदन आह्वान गरेको हो । सार्वजनिक सूचनामा केहि फेरबदल भने गरिएको छ । सूचना सार्वजनिक भएको १५ दिन भित्र इच्छुक व्यक्तिले आवेदन दिनुपर्ने छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यसका लागि विभिन्न योग्यतासमेत तोकेको छ । बोर्ड अध्यक्ष हुनका लागि ३० वर्ष पुरा भएर ६५ वर्ष ननाघेको नागरिक हुनुपर्ने उल्लेख गरिएको छ ।

साथै, कुनै पनि बिषयमा स्नातक पास गरेका र फिल्मी क्षेत्रमा १० बर्ष विताएका व्यक्तिले आवेदन दिन पाइने सूचनामा उल्लेख गरिएको छ । साथै , प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेर फिल्मनगरीमा २० बर्ष बिताएका व्यक्तिले पनि आवेदन दिन सक्नेछन् । प्रकाशित सूचनामा शिक्षाको बुँदालाई मिलाइएको छ । केहि समय अगाडी बोर्ड अध्यक्ष हुन् , कम्तिमा ब्याचलर हुनु पर्ने प्रावधान रहेको थियो । त्यसो त, बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला गरिए पनि सरकारले आफ्नो नजिकका व्यक्तिलाई नै बोर्डमा लाने गरेको छ । बोर्डको अध्यक्ष पदका लागि निर्देशक दयाराम दाहाल, नायक भूवन केसी लगायतको नाम अगाडि आएको थियो ।

कमेन्ट गर्नुहोस्