अनुष्काको सिरिज ‘पाताल लोक’

फिल्म । पछिल्लो समय दर्शकको लागि मनोरंजनको मध्यम बनेको छ , डिजिटल माध्यम । कोरोना भाइरस (कोभिड १९) को महामारीलाई रोक्न लकडाउन गर्दै समाजिक दुरी कायम भइरहेको छ । यसैले गर्दा पनि मनोरंजनको माध्यम बनेको छ , डिजिटल एपहरु । पछिल्लो समय बलिउड तथा हलिउडका चर्चित कलाकार पनि सिरिजमा देखिन थालेका छन् ।

नेटफ्लिक्सको लागि क्रिस हेम्सवर्थले ‘एक्स्ट्राक्सन’ , ज्याक्लिन फर्नान्डिजले ‘मिसेस सिरियल किलर’ लगायतका सिरिजमा काम गरिसकेकी छिन् । यसैक्रममा अनुष्का शर्माले पनि सिरिज ल्याउने भएकी छिन् । उनले अमेजन प्राइम भिडियोसँगको सहकार्यमा ‘पाताल लोक’ नामक वेब सिरिज ल्याउने भएकी छिन् । उनले सामाजिक सञ्जाल मार्फत वेब सिरिजको टिजर सार्वजनिक गर्दै यसलाई मे १५ मा रिलिज गरिने जानकारी दिएकी छिन् ।

अनुष्काले निर्माण गरिरहेको वेब सिरिजमा नीरज काबी , गुल पनाग , जइदीप अहलावाट लगायतको अभिनय रहेको छ । थ्रिलर सिरिजको बारेमा अनुष्काले लेखेकी छिन् ,’सबै बदलिन्छ , समय , मानिस र संसार ।’

कमेन्ट गर्नुहोस्