फिल्म । चीनको वुहानमा गत वर्षको डिसेम्बरमा पहिलो पटक देखिएको कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्वको समस्या बनेको छ । एक मानिसबाट अर्को मानिसमा सर्ने भएकाले यतिबेला विश्व स्वास्थ्य संगठनले सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । नेपालमा पनि दोस्रो संक्रमित देखिने वितिकै गत वर्षको चैत्र ११ देखि लकडाउन भइरहेको छ । दैनिक जसो काममा व्यस्त हुनेलाई घरमा केहि समय आराम जस्तो लागेपनि पछी भने सहज हुदैन । विशेष त मनोरंजन क्षेत्रमा आफ्नो दिन विताइरहेकालाई उत्तिकै गाह्रो हुने गर्छ ।
यद्दपी घरमै रहनुको विकल्प छैन । आफ्नो निर्देशकीय डेब्यु फिल्म ‘पानीफोटो’ को काममा रहेका खगेन्द्र लामिछाने लकडाउनले गर्दा फिल्मको रिलिज सर्ने मनस्थितिमा पुगिसकेका छन् । यद्दपी उनि पर्ख र हेरकै अवस्थामा छन् । यतिबेला उनिको दिनचर्याको साथी बनेको छ , फिल्म र किताब । मुड अनुसार उनि फिल्म हेर्नुका साथै अध्यन पनि गर्छन् ।
यसैगरी अधुरा रहेका उपन्यास र केहि स्क्रिप्ट पनि लेखिरहेका छन् । इभेन्टमा खासै नदेखिने खगेन्द्र साथीभाईसँगको काम भने मिस गरिरहेका छन् । ‘फोनमा त कुरा हुन्छ तर प्रत्यक्ष भेटको मजा छुटै हुने रहेछ’ खगेन्द्र भन्छन् ।










