विदेश । अमेरिकी अन्तरिक्ष अध्ययन संस्था (नासा) ले आगामी मेमा १० वर्षमा पहिलोपटक मानिससहितको रकेट पठाउने भएको छ । अहिलेसम्म नासाले मानिसहरुलाई अन्तरिक्षमा पठाउन सन् २०११ यता रुसी रकेटको प्रयोग गर्दै आएको थियो । अहिले घोषणा गरिएको मिसन सफल भए एलन मस्कको स्पेसएक्स अन्तरिक्षमा नासाका वैज्ञानिक पठाउने पहिलो निजी कम्पनी बन्नेछ ।
नासाले बोब बेनकेन र डोउग हर्लीलाई पठाउने तयारी गरेको छ । उनीहरुलाई आईएसएसमा पुग्न पृथ्वीबाट उडेपछि २४ घण्टा लाग्नेछ । आउँदो मेमा अमेरिकाबाट अन्तर्राष्ट्रिय स्पेस स्टेशन (आईएसएस)मा दुई अन्तरिक्षयात्री पठाउन लागेको हो । नासाका अनुसार अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट मे २७ मा स्पेसएक्सले निर्माण गरेको रकेटमा दुई अन्तरिक्षयात्रीलाई आईएसएसमा पठाइनेछ । (एजेन्सी)
कमेन्ट गर्नुहोस्









