कोरोनाको कारण १ लाख ५८ हजार ६ सय ९१ ले ज्यान गुमाए

विदेश । चीनको वुहानमा गत वर्षको डिसेम्बरमा पहिलो पटक देखिएको कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्वको समस्या बनेको छ । एक मानिसबाट अर्को मानिसमा सर्ने भएकाले यतिबेला विश्व स्वास्थ्य संगठनले सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या २३ लाख १० हजार ५ सय ७२ पुगेको छ भने यसबाट विश्वभर मृत्यु हुनेको संख्या १ लाख ५८ हजार ६ सय ९१ पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट ५ लाख ९० हजार ६ सय ८२ जना निको भएका छन् ।

पछिल्लो समय कोरोना भाइरसले महामारीको रुप लिएको राष्ट्रमा पर्छ , संक्युक्त राज्य अमेरिका र युरोपको स्पेन , इटाली तथा फ्रान्स । यी देशमा मृत्युदर र संक्रमणको दर बढ्दो छ । इटालीमा मृतक संख्या २३ हजार २ सय २७ पुगेको छ भने संयुक्त राज्य अमेरिकामा मृतक संख्या ३८ हजार ९ सय २८ पुगेको छ । यसैगरी इटालीमा संक्रमितको संख्या १ लाख ७५ हजार ९ सय २७ पुगेको छ भने अमेरिकामा संक्रमितको संख्या ७ लाख ३९ हजार ९ सय ८८ जना पुगेको छ । इटालीमा ४४ हजार ९ सय २७ जना संक्रमण मुक्त भएका छन् भने अमेरिकामा ६६ हजार ३ सय ५७ जना संक्रमण मुक्त भएका हुन् ।

स्पेनमा मृतक संख्या २० हजार ६ सय ३९ पुगेको छ भने संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय १६ जना पुगेको छ । फ्रान्समा मृतक संख्या १९ हजार ३ सय २३ पुगेको छ भने संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २१ पुगेको छ । बेलायतमा मृतक संख्या १५ हजार ५ सय ६४ र संक्रमितको संख्या १ लाख १४ हजार २ सय १७ पुगेको छ । यसैगरी जर्मनीमा मृतकको संख्या ४ हजार ४ सय ७७ जना रहेको छ भने यहा १ लाख ४३ हजार ४ सय ७५ जना संक्रमित रहेका छन् ।

(एजेन्सी)

कमेन्ट गर्नुहोस्