विदेश । चीनको वुहान सहरबाट पूरा दुनियाँमा फैलिएको कोरोना भाइरस (कोभिड १९) लाई लिएर यतिबेला विश्वनै चिन्तित छ । कारण अझैसम्म यसको औषधि पत्ता लागेको छैन । विश्व स्वास्थ्य संगठनले यसलाई महामारी घोषणा गरिसकेको छ । कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या १२ लाख २ हजार नाघेको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकमा उल्लेख छ ।
यो भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या पनि ६४ हजार सात सय ५३ पुगेको छ । इटालीमा अहिलेसम्म भाइरसको कारण १५ हजार तीन सय ६२, स्पेनमा ११ हजार नौ सय ४७, अमेरिकामा आठ हजार आठ सय ८८, फ्रान्समा सात हजार पाँच सय ७४ र बेलायतमा चार हजार तीन सय २० जनाको ज्यान गएको छ ।
कोरोना फैलनबाट रोक्न अधिकांस देशमा लकडाउन गरिएको छ । सबै देश यो संक्रमणबाट बाँच्ने भ्याक्सिनको खोजीमा जुटेका छन् तर अहिलेसम्म कसैलाई सफलता प्राप्त भएको छैन । यसैबीच पोर्न इन्डस्ट्रीकी चर्चित रसियन पोर्न स्टार लोला टेलरले अनौठो घोषणा गरेकी छन् ।
उनले कोरोना नष्ट गर्ने भ्याक्सिन पत्ता लगाउने डाक्टर या शोधकर्ताको ओच्छ्यानमा जान तयार रहेको प्रतिक्रिया दिएकी छिन् । यस्तो घोषणा गरेकी लोला टेलरलेका अनुसार यो भाइरसका कारण पोर्न इन्डस्ट्रीको ९० प्रतिशत काम बन्द भएको छ । मोस्कोमा एक्लै बस्दै आएकी लोला टेलरको खास नाम ल्युबोभ बुसुयेवा हो । पोर्न इन्डस्ट्रीमा लोला टेलरको नामबाट परिचित उनी यो घोषणाको कारण चर्चामा छिन् । (एजेन्सी)










