देश । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण बढाउन माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै स्थानीय संक्रमण देखिनु दोस्रो चरणमा पुग्नु भएको बताएका छन् । उनले बढी भन्दा बढीको परिक्षण गरेर संक्रमितलाई बेलामै उपचार गर्न पनि सुझाएका छन् । ‘सरकारलाई हाम्रो अपील छ, यसअघि संक्रमित देखिएका सबैको परिवारजन, छरछिमेकी र घुलमिल भएका साथी समूहको परिक्षण, परीक्षण र परिक्षण, तत्काल, तत्काल र तत्काल गरौं’ प्रवक्ता शर्माले भनेका छन् ।
उनले परिक्षण चुस्त नभएको भन्दै संक्रमितको पहुचमा रहेकालाई क्वारेन्टाइनमा राख्नुका साथै परिक्षण पनि गर्नु पर्ने उल्लेख गरेका छन् । बाहिरबाट आएका सबै नेपालीलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न कडाइ गर्नुपर्नेमा जोड दिदै प्रवक्ता शर्माले भने,’अब रत्तिभर हेलचेक्राइ गर्नु भनेको समुदायमा संक्रमण फैलने छुट दिनु भएको भन्दै कांग्रेसले गम्भीरता देखाउन आग्रह गरेको छ ।’









