संक्रमित घटाउदै दक्षिण कोरिया

विदेश । पछिल्लो समय विश्वकै टाउको दुखाई बनेको छ , कोरोना भाइरस । गत वर्ष सन् २०१९ को नोभेम्बरमा चीनको वुहानमा पहिलो पटक देखिएको भाइरसलाई वैज्ञानिकले कोभिड १९ को नामले चिन्छन् । पछिल्लो समय यो विश्वमै फैलिएको छ । मानिशले सामाजिक दुरी कायम गरेका छन् । विश्व स्वास्थ्य संगठनले अनावश्यक रुपमा घरबाट बाहिर ननिस्किन आग्रह गरेका छन् ।

लगभग विश्वनै लकडाउनको अवस्थामा छ । भिडभाड नगर्न आग्रह गरिएको छ । नेपालमा पनि लकडाउन भईसकेको छ । सोमबार फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजबाट आएकी १९ वर्षीय एक किशोरीलाई कोरोना भाइरसको संक्रमण देखीएपछी सरकारले देशनै लकडाउन गरेको हो । चीनको वुहानवाट सुरु भएको यो भाइरस त्यहाँ भने नियन्त्रणमा आइसकेको छ ।

चीनपछी निकै समस्या देखिएको दक्षिण कोरियाले पनि यसलाई नियन्त्रण गरिरहेको छ । दक्षिण कोरिया एकैपटक सबैभन्दा धेरै कोरोना भाइरस फैलिएका मुलुकमा पर्छ । अहिले चीनझैँ दक्षिण कोरियामा नयाँ संक्रमणको संख्या उल्लेख्य कमी आएको छ । फेब्रुअरीको अन्तिम र मार्चको शुरुमा दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण बढ्दो थियो तर त्यसलाई विस्तारै नियन्त्रणमा ल्यायो दक्षिण कोरियाले ।

गत आइतबार त्यहाँ एक महिनाको सबै भन्दा कम संक्रमित देखियो , ६४ मात्र । जबकी अहिले विश्वभर नयाँ संक्रमितको संख्या बढ्दो क्रममा छ । तर , दक्षिण कोरियामा संक्रमण घट्दो क्रममा छ । किनकी उसले यसलाई गम्भीरतापूर्वक लिएको छ । त्यहाँ संकट सुरु हुनुभन्दा पहिला नै कदम चालिएको थियो । पुर्व तयारी अवस्थामा भएकै कारण संक्रमितको उपचार समयमै भयो । साथै , संक्रमण फैलिन पाएँन । दक्षिण कोरियामा पहिलो संक्रमण देखिएलगत्तै जनवरी अन्तिममा सरकारी अधिकारीहरुले केही चिकित्सा क्षेत्रका कम्पनीहरुसँग छलफल गर्दै कोरोना भाइरसको परीक्षण र आवश्यक सामग्रीको उत्पादन बढाउन आग्रह गरे ।

डाइगु शहरस्थित एक चर्चबाट कोरोना भाइरसको संक्रमण फैलिएको कारण त्यहाँ संक्रमण देखिनासाथ आपतकालीन अवस्था घोषणा भयो । विशेष गरी भीडभाडबाट यो भाइरस फैलिले हुँदा त्यसमा अंकुश लगाए । यसैगरी गर्ने परिक्षणलाई सुरक्षित बनाए । अहिलेसम्म दक्षिण कोरियाले ३ लाखभन्दा धेरै मानिसलाई कोरोना भाइरसको परीक्षण गरिसकेको छ । यसैगरी परिक्षण गर्नेलाई पनि अवस्था अनुसार क्वारेन्टाइन र आइसोलेसन राखेर सरकारले उपचार गरायो । दक्षिण कोरियामा ६०० परीक्षण केन्द्र छ । जहाँ ,भाइरस परीक्षणको लागि केवल १० मिनेटभन्दा कम समय लाग्छ भने केही घण्टामा त्यसको नतिजा पनि आइपुग्छ ।

दक्षिण कोरियाले कोरोना भाइरस नियन्त्रणका लागि गरेको प्रयासलाई अरुले पाठका रुपमा लिनुपर्ने विशेषज्ञहरु बताउँछन् । कठिनभन्दा कठिन कामलाई पनि सहज रुपमा गर्ने, प्रत्यक्ष रुपमा आवश्यक नियन्त्रण र मुलुकले धान्न सक्ने कदम, मुलुकभर परीक्षण र संक्रमितसँग सम्पर्क गर्ने मानिसलाई ट्रेसिङ र नागरिकलाई पाएको ठूलो सहयोगले दक्षिण कोरियाले कोरोना नियन्त्रण गर्न सक्षम भएको हो ।

दक्षिण कोरियामा जब कुनै मानिसमा भाइरसको संक्रमण पुष्टि हुन्छ, स्वास्थ्यकर्मीले बिरामीसँग पछिल्लो समय सम्पर्कमा आएका मानिसको परीक्षण गर्ने मात्र होइन, आवश्यक परे उनीहरुलाई पनि आइसोलेट गर्ने काम गर्छन् । अर्थात सम्भावित सबै मानिसमा भाइरस संक्रमण भए नभएको परीक्षण गरिन्छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्