विदेश । गत वर्षदेखि चीनको वुहानमा पहिलो पटक देखिएको कोरोना भाइरस (कोभिड १९) को कारण यतिबेला विश्वनै लगभग लकडाउनको अवस्थामा छ । यो भाइरसले गर्दा विश्वमै ज्यान गुमाउनेको संख्या बढ्दो छ । यसैक्रममा जिम्बावेका ३० वर्षीय टिभी पत्रकारको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको ज्यान गत सोमबार गएको हो ।
पत्रकार जोरोरो माकाम्बा त्यहाँको पहिलो कोरोनाभाइरस संक्रमित व्यक्ति रहेको सिएनएनले जनाएको छ । उनमा कोरोनाको लक्षण देखिएपछि जिम्बावेको राजधानी हारारेको अस्पतालमा उपचारका लागि गत बिहीबार भर्ना गरिएको थियो ।
केही समयअघि न्युयोर्कमा भएको बेला उनमा कोरोनाभाइरस सरेको अनुमान गरिएको उनलाई अहिले जिम्बावेको एकमात्रै आइसोलेसनको सेवा रहेको विल्किन्स अस्पतालमा भर्ना गरिएको थियो । उनको गत वर्ष छातीबाट ट्युमर निकालिएको र अन्य रोगबाट पनि उनी ग्रसित रहेका बताइएको छ ।
कमेन्ट गर्नुहोस्







