भारतमा ‘नो टिकटक’

23 Shares

फिल्म । पछिल्लो समय टिकटकको लहर बढ्दो छ । सर्वसाधारण मात्र होइन , उनीहरुको आइडल मानिने सेलेब्सले पनि टिकटकमा एकाउन्ट खोल्दै भिडियो पोस्ट गरिरहेका हुन्छन् । यसको लोकप्रियता बढिरहेको बेलामा भारतमा गुगलको प्लेस्टोर र एपस्टाेरबाट हटाइएको छ । भारत सरकारको आग्रहमा गुगलको प्लेस्टोर र एपस्टोर बाट अब टिकटक डाउनलोड उपलब्ध हुने छैन ।

गएको सोमबार टिकटक प्रतिबन्ध लगाउनुपर्छ भनेर परेको रिटमा सुनुवाई गर्दै उच्च अदालतले यो मुद्दामा २२ अप्रिलमा सुनुवाई गर्ने जनाएको थियो । तर मद्रासको उच्च अदालतले गरेको सुनुवाईमाथि सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गर्न जरुरी नरहेको ठहर गरेपछि भारतमा टिकटक माथि प्रतिबन्ध लगाइएको हो ।

यसअघि मद्रासको उच्च अदालतले चीनको भिडियो मोबाइल एप प्रतिबन्ध लगाउन केन्द्रीय सरकारलाई भनेको थियो । यो एपले युवाहरुको भविष्य र बालबच्चाको दिमागमा नकारात्मक असर पारेको अदालतको ठहर छ ।

Facebook Comments