फिल्म । पछिल्लो समय बि-टाउनमा कार्तिक आर्यन चर्चामा छन् । किनकी उनका प्राय फिल्म सफल छन् । यद्दपी पछिल्लो फिल्म ‘लभ आजकल’ मा उनले सफलता पाउन सकेनन् । बलिउडमा उनको गर्लफ्रेन्डको रुपमा गसिपमा आउने साराअलि खानसंग अनस्क्रिन रोमान्स गर्दा पनि फिल्म सफल हुनसकेन ।
साराकै पिता सैफअलि खान अभिनित ‘लभ आजकल’ को नाम सापटी लिईएको थियो । इम्तियाज अलि निर्देशित फिल्म पहिला सफल थियो तर पछिल्लो समय असफल भयो । तर इम्तियाजको पहिलो रोजाइ कार्तिक थिएनन् । उनले फिल्मको कथा रनबीर कपूरलाई सुनाएका थिए । उनले रनबीरसंग रकस्टार र तमाशा जस्ता फिल्म बनाइसकेका थिए । तर , रनबीरले ‘लभ आजकल’ मा काम गर्न मानेनन् । सन् १९९० र २०२० को प्रेमलाई देखाइने फिल्मलाई अहिलेको पुस्ताले रिलेट नगर्ने भन्दै रनबीरले फिल्म रिजेक्ट गरे ।
रनबीरले रिजेक्ट गरेको न्युज पछिल्लो समय बि-टाउनमा फैलिएसंगै उनले फिल्म नचल्ने अनुमान त लगाएका थिएनन् ? भन्ने गसिप हुन् थालेको छ । यी दुइले संगै काम गरेको फिल्म ‘तमाशा’ ले राम्रो समिक्षा नपाउनुका साथै व्यापार पनि राम्रो नगरेपछि रनबीर इम्तियाजको कामसंग खुसि थिएनन् । त्यसपछि उनले बलिउडका हिट निर्देशक राजकुमार हिरानीसंग काम गरेका थिए । हिरानी निर्देशित ‘सञ्जु’ पछि रनबीरको करियर बलिउडमा उकालो गतिमा छ । (एजेन्सी)










