सपना पुरा गर्दै डल्लु

फिल्म । रियल प्रेमकथामा आधारित फिल्म ‘बोबी’ मा अभिनय गरेपछि चर्चामा आइन् कविता गुरुङ । आफ्नै कथालाई फिल्मको माध्यमबाट भनिरहदा उनले न्याय गरिन् । फलत उनको कथालाई दर्शकले रिलेट गरे । त्यसपछि उनि पर्दाबाट टाढा छिन् । यिनै कविताले शो ल्याउने भएकी छिन् । ‘विस फर अ डे विथ डल्लु’ नामक शो उनले ल्याउने जानकारी राजधानीमा एक पत्रकार सम्मेलन गर्दै दिईन् । ‘डल्लु’ भनेर उनलाई उनका पति उमेश थापाले बोलाउने गर्छन् । फिल्म मार्फत पनि उनको यो उपनामले नै स्थान पाएको छ । यसैले गर्दा उनले शोमा यहि उपनामलाई प्रायोग गरिन् ।

डल्लु इन्टरटेन्टमेन्टको प्रस्तुतिमा निर्माण भएको शोमा देखिएका सपनालाई पुरा गर्ने गरिन्छ । कविताले एक दिन सम्बन्धित व्यक्तिको सपना पुरा गर्नेछिन् । उनले केहि एपिसोडको छायाँकन सकेर प्रशारणको तयारी समेत गरिसकेकी छिन् । ‘हामीले आफ्नो इच्छा पुरा गर्न गर्ने खर्चको केहि प्रतिशतले कसैको सपना पुरा हुन्छ भने किन नगर्ने ?’ कविताले भनिन् । उनले यो शो मार्फत आफुलाई थाहा भएको र आफुले पुरा गर्न सक्ने केहि व्यक्तिको सपना पुरा गर्ने बताइन ।

पहिलो सिजनमा १० भागको कार्यक्रमको निर्माण गरिएको यस शोलाई डल्लु इन्टरटेन्टमेन्ट युट्यूब च्यानलसँगै टेलिभिजनममा पनि हेर्न पाउने पत्रकार सम्मेलनमा जनाइयो । वेब टिभीको स्टुडियोमा सम्पादन र छायांकन गरिएको कार्यक्रमलाई डम्बर राईले छायाँकन र धुर्वराज पराजुली प्रज्वलितले सम्पादन गरेका हुन् कविता गुरुङको कन्सेप्ट र प्रस्तुतिकरण रहेको छ ।

कमेन्ट गर्नुहोस्