सपनको गीतमा नरेश र रेविका (भिडियो)

संगीत । लामो समय देखि लण्डनमा रहेर पनि नेपाली गीतसंगीतमा उत्तिकै सक्रिय रहेका गायक सपन कुमार राईको नयाँ गीत सार्वजानिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उनको गीत ‘बाटोको काँडा’ सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा शब्द तथा संगीत तारा प्रकाश लिम्बुको रहेको छ । साज शाक्यको संगीत संयोजन रहेको आधुनिक मेलोडियस गीतमा लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराई र रेविका गुरुङ फिचर्ड छन् ।

झन्डै आठ वर्षपछी भिडियोमा देखिएका नरेशले गीत अनुसार आफु सुहाउँदो भएकाले भिडियोमा अभिनय गरेको बताए । ‘मलाइ गीतमा अभिनय गर्न आएको अनुरोधमा आफुलाई तयार गर्ने कोसिश गर्दै अभिनय गरे । अब आफु सुहाउँदो गीतमा अभिनयलाई निरन्तरता दिन्छु भन्ने सोच बनाएको छु’ नरेशले भने । झन्डै डेढ दर्जन गीतमा अभिनय गरेका भट्टराई पछिल्लो समय विज्ञापन र टिभी कार्यक्रमसंगै स्टेज शोमा व्यस्त छन् । नरेशसंग काम गर्दा आफुलाई सहजता भएको रेविकाले बताईन । ‘मलाइ त पिकनिक गएको जस्तो लागेको थियो । मैले सहजा नै महसुस गरे । गीत सुमधुर र हामीले त्यसलाई न्याय गरेका छौँ जस्तो लाग्छ’ रेविकाले भनिन् ।

भिडियो निर्देशक मिलन चाम्सले आफुले रुचाएको तिन व्यक्तिसंग काम गर्ने अवसर पाएकोमा खुसि लागेको बताए । उनले फिल्म ‘लिली बिली’ मार्फत डेब्यु गराउन लागेको रेविका , धेरै पुरानो साथी नरेश र गायक सपन दाइ आफ्नो पारिवारिक सदस्य झैँ भएको तर काम गर्ने अवसर बल्ल जुरेको बताए । ‘मेरो मन पर्ने मान्छेसंग काम गरे तर मैले योग्य कलाकारनै छानेको हुँ’ मिलनले भने । भिडियोलाई राम कुमार केसीले छायांकन गरेका हुन् भने यसलाई धुर्बराज पराजुली (प्रज्वलित) ले सम्पादन गरेका हुन् । भिडियो ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

कमेन्ट गर्नुहोस्