देश । आइतवार एक सय दशौं नारी दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । नारी दिवसको उपलक्ष्यमा अघिल्ला वर्ष झैँ कार्यक्रम नभएता पनि केहि कार्यक्रम भने भए । विश्वभर पछिल्लो समय महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको कारण यो वर्ष कम कार्यक्रम भए । नेपाल सरकारले पनि भिडभाड नगर्न सुझाएको कारण कार्यक्रम कम भएको हो ।
‘समानताको पुस्ता : अन्त्य गरौं हिंसा, विभेद र असमानता’ नारासंगै हिजो नारी दिवस नेपालभर मनाइएको छ । यद्दपी दैनिक जीविकोपार्जन गर्ने महिलालाई भने यसले छोएको छैन । दैनिक काम गर्ने आफ्नै काममा व्यस्त छन् । ‘नगरे काम , पाइदैन माम’ को अवस्थामा रहेका नारीलाई यो दिवस खासै प्रभावकारी हुने सकेको छैन । जय होस्का फोटो पत्रकार आर्यन विमलीले नारी दिवसमा केहि तस्बिर कैद गरेका छन् । जसमा दैनिकी टार्न काममै नारीहरु व्यस्त छन् ।

कमेन्ट गर्नुहोस्









