फिल्म । पछिल्लो समय चम्किला अभिनेतामा पर्छन आयुष्मान खुराना । एकपछि अर्को फिल्ममा उनले दर्शक र समिक्षकको मन जित्दै अगाडी बढिरहेका छन् । यिनै आयुष्मान अभिनित फिल्म हो ,’बधाई हो’ । सोसल ड्रामामा निर्मित फिल्मले दर्शकको मन जित्यो । सन् २०१८ मा रिलिज भएको यो फिल्मको सिक्वेल बन्ने भएको छ ।
निर्माण लागत २३ करोड भारू रहेको फिल्मले करिब २२२ करोड भारू कमाइ गरेको थियो । यसैले गर्दा पनि यसको सिक्वेल बन्नेमा दुइ मत थिएन । तर , सिक्वेलमा आयुष्मान भने हुनेछैनन् । निर्माण कम्पनिले सिक्वेल बनाउने बताए पनि अभिनेता आयुष्मानसंगै निर्देशक अमित शर्मा पनि नहुने बताएको छ । यो खबरले सिक्वेल बन्ने उत्साहसंगै आयुष्मान नहुने कुराले फ्यानलाई केहि दु:खी भने बनाएको छ । फिल्ममा निर्देशकको टुङ्गो नलागेपनि अभिनेतामा भने राजकुमार राव हुने चर्चा बि-टाउनमा छ । (एजेन्सी)
कमेन्ट गर्नुहोस्












