प्रम ओलीलाई हिँडडुल गराउन थालियो

फाइल फोटो

देश । केहि समय यता सबैको आँखा त्रिवि शिक्षण अस्पतालमा छ । किनकी प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण पश्चात त्यहिँ स्वास्थ्य लाभ लिईरहेका छन् । गत बुधवार मिर्गौला प्रत्यारोपणपछि उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आइरहेको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएसंगै आजदेखि हिँडडुल गराउन थालिएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन् । उनका सबै ल्याव सूचकहरु सामान्य रहेको समेत अस्पतालले प्रस्ट्याएको छ । साथै , प्रधानमन्त्रीलाई मिर्गौला दान गरेकी समीक्षा संग्रौलाको अवस्था पनि राम्रो रहेको अस्पतालले जनाएको छ ।

कमेन्ट गर्नुहोस्