सलमानले भने ‘नमस्कार गरौँ’

फिल्म । कोरोना भाइरसका संक्रमण बढेसँगै आयोजित कार्यक्रमहरु स्थगित हुने क्रम बढ्दो छ । विश्वमै फैलिरहेको कोरोना भाइरसका संक्रमण अमेरिका, इटाली र इरानलगायत ६० भन्दा बढी देशमा फैलिएसकेको छ । यसैले गर्दा पनि विश्वमै यसको प्रभाव परेको छ । यसै क्रममा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि यसको सतर्कता बढाईएको छ । पछिल्लो समय बढ्दो हात मिलाउने परम्पराको अन्त्य गर्दै यतिबेला विश्वमै नमस्ते गर्नु पर्नेमा जोड दिन थलिएको छ ।

नेपालमा ‘नमस्कार’ को संस्कार बढ्दै गर्दा भारतमा पनि यसलाई सेलिब्रेटीले बढावा दिएका छन् । बलिउडका सुपरस्टार सलमान खानले सामाजिक सञ्जाल मार्फत आफ्नो संस्कार अनुसार नमस्कार र सलाम गर्न सुझाएका छन् । उनले सामाजिक सञ्जालमा आफुले नमस्ते गरेको तस्वीर पोस्ट गर्दै यस्तो सल्लाह दिएका हुन् । यसैगरी उनले आफ्नो छायांकनको क्रममा रहेको फिल्म ‘राधे’ को आउँदो सेड्युल पनि क्यान्सिल गरेका छन् । कोरोना भाइरसको बढ्दो संक्रमणलाई ख्याल गर्दै उन्ले थाईल्याण्डको सेड्युल क्यान्सिल गरेका हुन् ।

(एजेन्सी)
कमेन्ट गर्नुहोस्