नितेश र अदितीको फिल्म ‘बेन्जो’ ?

फिल्म । छायाँकनमा जाने अन्तिम तयारीमा फिल्म निर्देशक सुरेन्द्र पौडेल कस्सिएका छन् । फिल्मको नाम ‘बेन्जो’ राख्दै उनले तयारी अगाडी बढाएको बुझिएको छ । यो फिल्ममा अदिती बुढाथोकी र गायक नितेशजंग कुँवर पहिलोपटक स्क्रिन शेयर गर्दैछन् । युवापुस्ता माँझ निकै चर्चामा रहेका नितेशले यहिँ फिल्म मार्फत डेब्यु गर्दैछन् । यद्दपी यसबारे निर्माण पक्षले केहि बताएको छैन ।

अदितीले सुरेन्द्र पौडेलको निर्देशनमा बनेको फिल्म ‘कृ’ मार्फत नै अभिनेत्रीको रुपमा डेब्यु गरेकी थिइन् । लामो समयदेखि भारतमा बस्दै आएकी अदितीले भारतिय वेवसिरिज र म्युजिक भिडियोमा काम गरिरहेकी छिन् । लभ स्टोरी कथामा निर्माण हुने फिल्मको छायांकन चैतको पहिलो साताबाट सुरु गरिने छ । फिल्मको छायाँकन सिक्किममा हुने बुझिएको छ । केहि समय यता सुरेन्द्र फिल्मको तयारीमा जुटेका थिए । उनले नितेश अगाडी नयाँ हिरोहरुलाई अफर गरेका थिए । केहिसँग कुराकानी हुन् सक्ने भने केहिसँग मिलेन । नितेशले पनि यसअघि फिल्म खेल्ने इच्छा रहेको अन्तर्वार्ताको क्रममा बताएका थिए । नितेशले रामबाबु गुरुङसँग सहकार्य गर्ने चर्चा भएको थियो तर त्यसले अझै मुर्तरुप पाएको छैन ।

कमेन्ट गर्नुहोस्