मेक्सम आउट ?

टिभी । पछिल्लो समय एकपछि अर्को एपिसोड मार्फत दर्शकको मनमा बस्दै आएको कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ अब फिनाले तर्फ जादैछ । फाइनलमा टप ३ मात्र रहनेछन् । अघिल्लो साता टप ४ मा छानिएको मध्यबाट मेक्सम गौडेल आउट भएका छन् । शोका जज मनोज गजुरेलाले एक तस्बिर सार्वजनिक गरेका छन् , जहाँ टप तीनमा पुगेका अन्तिम प्रतिष्पर्धीसंगै जजहरु र शो टिम रहेका छन् । यसमा मेक्सम नरहेपछि उनि आउट भएको बुझिएको छ । हरेक सोमबार र मंगलवार कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने शो शनिवार छायांकन भैसकेको छ ।

छायांकनमा मेक्सन नरहेको समेत बुझिएको छ । ‘मेलो बाबा’ भनेर चिनिने मेक्सम अर्थात विष्णु बहादुर गौडेल आउट भएसंगै फाइनलमा सुमन कोइराला, खड्क बहादुर पुन मगर र हिमेश पन्त देखिनेछन् । यी तिन मध्य दर्शकले यो शोको उपाधि सुमन कोइरालाले पाउने अनुमान लगाईरहेका छन् । ‘दले दाई’ को उपनाम समेत पाएका सुमनको प्रस्तुतिले दर्शकको मन मात्र नभई उपस्थित अतिथिलाई समेत अच्च्मित पारिरहेको छ ।

कमेन्ट गर्नुहोस्