‘मन्त्र’ फस्टलुक आउट

फिल्म । सौगात मल्ल स्टारर फिल्म ‘मन्त्र’ को फस्टलुक सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको पोस्टरमा हिमाली भेगको मनोरम दृश्यलाई मात्र देखाइएको छ । लभ स्टोरी जनरमा तयार फिल्मलाई खिल बहादुर गुरुङले निर्देशन गरेका हुन् । यसमा सौगातसँगै बुद्धि तामांङ, दिया पुन, नमिता घिसिङ्ग, बिर बहादुर लामाको मुख्य भूमिका रहेको छ ।

यसमा शम्भुजित बाँस्कोटा र सन्तोष सुनारको संगीत रहेको छ भने यसलाई संजय लामाले छायाँकन गरेका हुन् । यसमा मित्र डी गुरुङको सम्पादन रागेको छ भने देवन्द्र मानन्धर कार्यकारी निर्माता रहेको यस फिल्ममा रविराज कार्की,सुरेश कार्की बिर बहादुर लामा र सुभ श्रेष्ठ सह निर्मातामा रहेका छन् ।

कमेन्ट गर्नुहोस्