बैशाख १९ मा ‘षट्कोण’

फिल्म । आउँदो वर्षको बैशाख १९ गतेलाई फिल्म ‘षट्कोण’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । मिलन डि. काप्रीको निर्देशन रहेको फिल्मको पोस्टरमा रुखमा डोरी बाँधिएको देख्न सकिन्छ । भने, भूईंमा एक व्यक्ति उभिएका छन् । एक रहस्मय मर्डरको कथामा फिल्मलाई क्लेमेन्टाइन प्रोडक्सन प्रा.लि., जयन श्रेष्ठ इन्टरटेनमेन्ट र आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको प्रस्तुतकर्तामा जगन श्रेष्ठ र निर्मातामा जयन श्रेष्ठ रहेका छन् । आङछेन लामाको छायांकन रहेको फिल्मका गीतमा विशेष पाण्डे र विराज गौतमको संगीत छ । फिल्मको कथा/पटकथा शिशिर लिम्बु वनेमले लेखेका हुन् ।

फिल्ममा कार्म शाक्य, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, विराज कडरिया, शिशिर लिम्बु वनेम, सुयसा अधिकारीलगायतका कलाकारहरुको अभिनय रहेको छ । विशेष पाण्डेको सम्पादन रहेको फिल्म ‘षट्कोण’ को छायांकन भिमफेदी र काठमाडौंमा भएको हो । यो फिल्मबाट मिलनले निर्देशनमा डेब्यू गरेका हुन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्मलाई राजधानीमा रिच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछ ।

कमेन्ट गर्नुहोस्