वेब शो ल्याउदै रविना

फिल्म । अभिनेत्री रविना टण्डन पछिल्लो समय फिल्ममा कमै देखा परेकी छिन् । केहि समय अगाडी उनको ‘शब्द’ नामक फिल्म प्रदर्शनमा आएको थियो । तर , दर्शकले उनको अभिनयलाई खासै वास्ता गरेनन् । यसैले गर्दा उनि फिल्मपछि टिभी र वेब–स्पेसमा आफ्नो छाप छोड्दै छिन् । उनि पछिल्लो समय वेब सिरिजमा लागिरहेकी छिन ।

रविना एक यस्तो सिरिज बनाउँदै छिन्, जुन मल्टिपल पर्सनालिटी डिसअर्डरमा आधारित हुनेछ । शोलाई उनी घरेलु ब्यानर एए फिल्म्समार्फत बनाउँदै छिन् । मनोविज्ञानमा आधारित शोलाई समेत उनि आफैले लेखेकी हुन् । ‘यो एक मनोरञ्नात्मक कहानी हो, जसलाई आफै लेखेकी छु । जुन हेरेर दर्शक आफ्नो सिटबाट जान नि मान्ने छैनन् । यो वेब सिरिज निकै फरक छ , आशावादी छु’ उनले भनिन् ।

स्प्लिट पर्सनालिटीमा बनेको यो शो बनाउने कारणबारे उनले भनिन्, ‘स्प्लिट पर्सनालिटी डिसअर्डर एक यस्तो चिज हो, जसलाई जान्न म निकै उत्सुक छु । जसका लागि मैले थुप्रै फिल्म हेर्नुका साथै धेरै किताब पढेकी छु । यो डिसअर्डर निकै सस्पेन्स हुन्छ । जुन निकै इन्ट्रेस्टिङ हुन्छ ।’ तर यस प्रोजेक्टमा अभिनय नगर्ने उनले बताइन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्