विदेश । अष्ट्रेलिया स्थित सिड्नीमा रहेर रियल स्टेटको व्यवसाय गर्दै आएका एनआरएन ज्ञानेन्द्र कार्कीले विदेशी लगानी नेपाल नभित्र्याई सम्वृद्धि सम्भव नरहेको बताएका छन् । अष्ट्रेलियामा रहेर घर–जग्गा व्यवसाय अर्थात रियल स्टेटमा स्थापित भएर निर्माण व्यवसायमा आवद्ध भएका नेपालका कार्कीले नेपालमा पनि आफ्नो सेवालाई विस्तार गर्ने योजना सहित नेपाल आएका थिए । तर , नेपाल सरकारको कानुन अनुसार निर्माण व्यवसायमा विदेशबाट लगानी ल्याउन नमिल्ने भएपछी कार्की केहि खिन्न भए । ‘हामीले नेपालमा केहि गरौ भन्ने भावले काम गर्न खोजेका हौँ तर सजिलो रहेनछ’ उनले भने ,’विदेशी लगानी ल्याउन दिनुपर्छ बरु , यहाँको मुनाफालाई यहिँ लगानी गर भन्न पाइन्छ ।’
उनले आफु जस्ता धेरै विदेशमा रहेर पनि नेपालमा केहि गरौ भन्ने भावना भएकालाई सहज रुपमा लगानी गर्ने वातावरण नभएको बताउछन् । ‘हामीले अन्य देशमा सहजै लगानी गर्न सक्छौ तर हामी कहाँ केहि गरौँ भन्दा गाह्रो छ’ उनले सुनाए । नेपाल बसाइको क्रममा उनले पाएको अनुभव साटेका हुन् । रंगेली, मोरङमा जन्मिएका कार्कीले अष्ट्रेलियाको सिड्नी शहरमा सहभागितामूलक व्यवस्थापनमा रियल स्टेट, व्यवस्थापन र निर्माणका सबै प्याकेजसंगै ‘अर्बन होम्स न्यू साउथवेल्स (एनएसडब्ल्यू) नामक नेपाली कम्पनि सञ्चालन गरिरहेका छन् । एक महिना लामो नेपाल भ्रमणपछि हालै अष्ट्रेलिया फर्किएका अर्बन होम्स एनएसडब्ल्यूका प्रमुख कार्यकारी अधिकृत सिईओ कार्कीले नेपालमा व्यवस्थित शैलीका सामुहिक आवास निर्माणका लागि यहाँ आएका थिए ।
सिईओ कार्कीका अनुसार अर्बन होम्स एनएसडब्लुले अष्ट्रेलियामा आफूलाई विभिन्न तीन चरणमा आफूलाई उभ्याएको छ । अर्बन होम्स रियल स्टेटका रूपमा पनि कार्यरत रहेको छ भने अर्कोतिर यसले आफूलाई ल्याभिस कन्स्ट्रक्सन एण्ड डेभ्लप्मेन्टका रूपमा अगाडि ल्याएको छ ।‘हामीले ल्याभिस कन्स्ट्रक्सन एण्ड डेभ्लपमेन्ट कम्पनिमार्फत आफूलाई डेभलपरको रुपमा समेत उभ्याएका छौं, सिईओ कार्की भन्छन्, ‘अर्बन होम्स एनएसडब्ल्यूलाई एउटा छुट्टै योजना र परियोजनाका रूपमा अगाडि बढाइ रहेका छौं ।’ यसैगरी कार्कीले पनि भिजिट नेपाललाई सघाउन आफ्नै किसिमको योजना अगाडी ल्याएका छन् । उनको मेट्रो होम्समा घर जग्गा खरिद तथा विक्री गर्ने ग्राहकलाई उनले १० दिनको नेपाल भिजिट प्याकेज उपलब्ध गराएका छन् ।
‘अर्थात् त्यहाँ कारोबार गर्नेले १० दिन नेपाल भिजिट गर्ने अवसर पाउनेछ । ‘हामीले भिजिट नेपालको लगियो अफर ल्याएका हौँ’ उनले भने । कार्कीले सबै नेपालीले आ-आफ्नो तर्फबाट भिजिट नेपाललाई सक्दो सहयोग गर्नु पर्नेमा पनि जोड दिए । ‘हामीले आफ्नो तर्फबाट केहि गर्न सक्छौ तर अगाडी बढ्नु पर्छ’ उनले भने । छोटो समयमै सिड्नीमा रियलस्टेट बिजनेसमा विश्वाशिलो बन्न सफल मेट्रो होम्सले सामाजिक कार्यमा समेत सहयोग गर्दै आएको छ । ‘यो अफरले नेपाली वा विदेशीलाई नेपाल भिजिट गर्न केहि हदसम्म पनि उत्साहित गर्छ भन्ने विश्वास छ’ कार्कीले भने ।









