फिल्म । आउँदो चैत्र २१ मा रिलिज हुने भनिएको फिल्म ‘लक्का जवान’ मा मदनकृष्ण श्रेष्ठ पनि देखिने भएकाछन् । उनले फिल्ममा केमियो गरेका छन् । फिल्मको शिर्ष गीत सार्वजनिक समारोहमा मदनको भूमिका छोटो रहेको निर्देशक शिवहरि पौडेलले बताए । ‘मदन दाइले हाम्रो आग्रहलाई मानेर फिल्ममा उपस्थिति जनाई दिनु भयो , निकै आभारी छौँ’ निर्देशक पौडेलले भने । उनले पनि यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । ‘आफु टिम क्याप्टेन भएपछी धेरै थाहा हुने रहेछ’ उनले भने । फिल्ममा उनको अभिनय पनि रहेको छ । मदनले पछिल्लो समय मह सञ्चारको फिल्म ‘फाट्टफुट्ट’ खेलेका छन् । त्यस बाहेक प्रदीप भट्टराईको निर्देशनमा बन्ने फिल्ममा पनि अभिनय गर्नेछन् ।
ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतीमा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका रहेको फिल्म ‘लक्का जवान’ को सह-निर्मातामा सुशील अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी, दीपेन्द्र खनियालगायत छन् । ‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’ को ब्यानरमा बनेको ‘लक्का जवान’ ले केही पाका उमेरका मानिसहरुको कथा भन्ने बताइएको छ । फिल्ममा अनुसुयषा श्रेष्ठ, सुरेन्द्र केसी, जयनन्द लामा, सविता गुरुङ, यमन श्रेष्ठ, विमला गिरीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्ममा बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ अथिती भूमिकामा छन् । चैत २१ गतेलाई प्रदर्शन मिति घोषणा गरेको फिल्मको कथा, पटकथा तथा संवाद शिवहरी स्वयंको हो ।












