‘किक २’ बन्ने

फिल्म । बलिउडका भाइजान सलमान खानले आफ्नो हिट फिल्म ‘किक’ को सिक्वेल गर्ने भएका छन् । फिल्मलाइ साजिद नाडीयाडवालाले निर्माण तथा निर्देशन गर्नेछन् । फिल्म २०१९ कै क्रिसमसमा रिलिज हुने भनिएता पनि सलमानले उक्त डेट दबंगको तेस्रियो सिरिजलाई दिएपछी यतिबेला किकको दोस्रो सिरिजलाई दर्शकले आउँदो सन् २०२१ को क्रिसमसमा हेर्न पाउनेछन् ।

सलमान र साजिद निकै नजिकका साथी हुन् यसैले गर्दा पनि ढिलै भएपनि फिल्म बन्ने कुरामा दर्शक कन्फर्म थिए । साजिदले एक अन्तर्वार्ताको क्रममा सलमानले किक २ को स्टोरी मन पराएको र सन् २०२१ को क्रिसमसमा आउने बताएका हुन् । यद्दपी यस विषयमा सलमानले केहि बोलेका छैनन् । भारतीय मिडियामा आएको खबरलाई आधार मान्ने हो भने फिल्ममा दिशा पटानीको अभिनय रहने छ । फिल्म ‘भारत’ मा काम गरेयता सलमान दिशासँग खुसि छन् । उनकै आग्रहमा दिशाले केमियो गरेकी थिइन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्