विदेश । इरानमा विमान दूर्घटना भएको छ । तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमा विमान दुर्घटना भएको हो । क्षतिको विवरण आइनसकेको भएयता पनि यसमा १ सय ८० यात्रु सवार रहेको बुझिएको छ । इरानी टेलिभिजनहरुले प्राविधिक कारणले विमान दुर्घटना भएको बताए पनि विस्तृतमा खुलाएका छैनन् ।
जाँचबुझका लागि टोलि दुर्घटनास्थलमा पुगिसकेको नागरिक उड्डयनका प्रवक्ता रजा जाफरजादेहले बताएका छन् । विमानको दुर्घटना तेहरानको दक्षिण पश्चिम क्षेत्रमा भएको हो । विमान दुर्घटना हुनुभन्दा केही घण्टा अगाडि इरानले इराकस्थित अमेरिकी सेना बसेका दुई स्थानमा आक्रमण गरेको थियो । यो आक्रमण इरानी सेनाका कमाण्डर कासिम सुलेमानी मारिएको बदलामा गरेको इरानले जनाएको छ । (एजेन्सी)
कमेन्ट गर्नुहोस्










