भुवनले गाए ‘जागे सारा रात’

फिल्म । भुवन केसीलाई नेपाली फिल्मनगरीमा सदाबहार अभिनेताको रुपमा चिनिन्छ । उमेरले ६० बढी भुवनले आफ्नी व्यक्तित्व भने मेन्टेन गर्छन् । यसैले पनि कहिँ कतै पुग्दा भुवनको चर्चा हुने गर्छ । भुवनलाई फिल्ममा अभिनेतासंगै निर्देशक र निर्माताको रुपमा पनि चिनिन्छ । तर , भुवन गायक पनि हुन् । उनले गाएको गीतहरु हिट पनि छन् । उनी नेपालका पहिलो म्यूजिक भिडियोको मोडल समेत हुन् । ‘मायालु तिमी टाढा’ बोलको गीत नेपालको पहिलो म्यूजिक भिडियो हो, जसमा भुवन फिचर्ड छन् । यो गीत अभिनेता भुवन स्वयंले गाएका थिए । उनले ‘जागे सारा रात’ बोलको गीत पनि गाएका छन् , जुन अत्यधिक चर्चामा छ ।

गायनबाटै करिअरको थालनी गरेका उनले अभिनयमा होमिएपछि भने गायनलाई निरन्तरता दिन सकेनन् । तर , यिनै भुवनले ‘कामना फिल्म अवार्ड्स’ को पाँचौ संस्करणमा भने गीत गाए । उनले आफ्नै हिट गीत ‘जागे सारा रात’ गाएका थिए । उनले गीत त गाए तर रियाज नभएको सबैलाई थाहा भयो । वर्षौ पहिले गीत गाएर अभिनयमा होमिएका उनले त्यसलाई निरन्तरता नदिएको प्रस्टनै थियो । उनले गीत गाउँदा उनकै नजिकको मान्छे समेत बहिरिएका थिए । अर्थात उनले ‘बेसुरा’ गीत प्रस्तुत गरिरहेका थिए । उनले गीत गाउनु आफैमा कार्यक्रमको रौनकता त हो तर , रियाज गरेको भए ‘सुनमा सुगन्ध’ हुन्थ्यो ।

कमेन्ट गर्नुहोस्