फिल्म । बलिउडमा प्राय प्रभावित वा आधारित फिल्म निर्देशन गर्दै आएका निर्देशक संजय गुप्ताले ‘रक्षक’ नामक सुपरहिरो बलिउडमा ल्याउने भएका छन् । ग्राफिकली कमिक्स ‘रक्षक’ को राइट्स उनले खरिद गरिसकेका छन् । उनले राइट्स लिए लगतै यसलाई बलिउडको अहिलेसम्मकै बिग बजेटको फिल्म बनाउने सोच अनुसार काम अगाडी बढाएका छन् ।
पछिल्लो समय ‘मुम्बई साँगा’ नामक फिल्म निर्देशन गरिरहेका संजयले ‘कृष’ को सिरिजलाई निर्देशन गर्ने चर्चा पनि नचलेको होइन , तर उनले यसै बीच ‘रक्षक’ घोषणा गरेका छन् । फिल्ममा रक्षकको भूमिकामा को देखिनेछन ? यो भने खुलाईएको छैन । यद्दपी उनले पछिल्लो पुस्ताकै स्टारलाई लिएर काम गर्ने बताएका छन् । (एजेन्सी)
ANNOUNCEMENT… Sanjay Gupta – currently making #MumbaiSaga – acquires rights of #Rakshak… A graphic novel about a vigilante superhero… Will be directed by Sanjay Gupta himself… Produced by White Feather Films… Coproduced by Asvin Srivatsangam and Vivek Rangachari. pic.twitter.com/9TBKdZi8Oe
— taran adarsh (@taran_adarsh) December 24, 2019











