सुरु भयो सुनिलको बलिउड फिल्म

फिल्म । नेपालमा खलपात्रको भूमिकामा रुचाएका कलाकारमा पर्छन् सुनिल थापा । ‘राते काइला’ उपनाम समेत दर्शक माँझ स्थापित गर्न सफल सुनिल नेपालीसँगै बलिउड फिल्ममा पनि काम गरेका छन् । सन् १९६४ मा चेतन आनन्दको चर्चित फिल्म ‘साहिब बहादुर’ बाट उनले बलिउडमा डेब्यू गरेका थिए । पछिल्लो पटक उनी फिल्म ‘मेरी कोम’ मा अभिनेत्री प्रियंका चोपडाको गुरु बनेका थिए ।

त्यस यता बलिउडको पर्दामा नदेखिएका सुनिलले बलिउड सुपरस्टार सलमान खानको ज्वाईको फिल्ममा काम गर्न लागेको खबर केहि समय अगाडी नै आइसकेको छ । सलमानका ज्वाई आयुष शर्मा र कट्रिना कैफको बहिनि इसाबेल कैफको मुख्य भूमिका रहने फिल्म ‘क्वाथा’ को छायांकन सुरु भएको छ । यो फिल्ममा सुनिलले भारतको मणिपुर राज्यको एक मुखियाको भूमिका निभाउनेछन् । फिल्मलाई करण ललित भुटानीले निर्देशन गर्दैछन् । सुनिलले भने जनवरी देखि मात्र सेट ज्वाइन गर्ने बुझिएको छ ।

कमेन्ट गर्नुहोस्