फिल्म । सोमबार बिहान देखि चाबहिल स्थित मित्रपार्कको माहोल राम्रो छैन । काठमाडौंको सुकेधारामा सोमबार बिहान एउटा गाडीले पशुपति क्याम्पस चावहिलमा बीबीएस चौथो वर्षमा अध्ययनरत सृष्टि पन्तलाई ठक्कर दियो । विद्यार्थीका अनुसार ठक्कर दिएपछि गाडी रोकिएन, अघि बढ्यो । पन्त अध्ययनरत पशुपति क्याम्पसमा विद्यार्थी आक्रोशित भए । त्यसपछि पशुपति क्याम्सर वरपरको वातावरण ठिक छैन । क्याम्पस अगाडि सडकमा गुड्दै गरेका अन्य गाडीमा तोडफोड र आगजनी गरे । प्रहरीका अनुसार विद्यार्थीले गुड्दै गरेको एक बसमा आगजनी गरेका छन् । जुन बस कामै नलाग्ने अवस्थामा पुगेको छ । अर्को एउटा बसमा पनि तोडफोड गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सुकेधारामा बा ७ ख ५९३० नम्बरको गाडीले पन्तलाई ठक्कर दिएको थियो । विद्यार्थीहरुले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका छन् भने बा ३ ख ४४३३ नम्बरको बसका सिसा तोडफोड गरिदिएका छन् । गाडीको ठक्करबाट गम्भीर घाइते भएकी पन्तको उपचारका क्रममा मृत्यु भएको छ । विद्यार्थीलाई ठक्कर दिने गाडी र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । पन्त बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी भएको प्रहरीले जानकारी दिएको छ ।
पशुपति क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई ठक्कर दिएपछि क्याम्पसका विद्यार्थीहरुले अर्को गाडीमा आगजनी गरेका थिए । अहिले आगो पूर्ण नियन्त्रणमा लिइएको छ भने व्यापक प्रहरी परिचालन गरिएको छ । नेविसंघका पूर्वकेन्द्रीय सदस्य चेतन थापा मगर र राकेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । त्यसको विरोधमा नेविसंघले प्रदर्शन गरेको छ ।







