‘फिल्ममा मेरो भोगाई पनि छ’

फिल्म । ‘पशुपति प्रसादपछि राम्रो फिल्म बनाउनु भो भन्छौ’ निर्देशक दीपेन्द्र के खनालले पछिल्लो समय फिल्म ‘आमा’ लाई लिएर भन्दै आएको वाक्य हो यो । उनले ‘पशुपति प्रसाद’ मार्फत समिक्षक र दर्शकको मनमा बस्न सफल भए । त्यसपछि त्यस्तै किसिमको कथामा आफुले काम गरेको उनले बताएका छन् । निर्देशक खनालकै कथा, पटकथा तथा निर्देशनमा तयार फिल्म‘आमा’ को ट्रेलर सार्वजनिक भईसकेको छ । सार्वजनिक ट्रेलरलाई लिएर दर्शकले आफ्नो प्रतिक्रिया दिन थालिसकेका छन् । ‘मन छुने ट्रेलर’ धेरैले दिएको प्रतिक्रियाको सार यहिँ हो । दीपेन्द्र पनि खुसि नै छन् , फिल्मको ट्रेलरको प्रतिक्रियाले ।

तर , उनले यो कन्सेप्ट कसरी पाए त ? उनले भने ‘केहि त मेरो भोगाइ पनि हो ,केहि नजिकका मान्छेको घटना ।’ यसको कथा समाजकै रहेकाले हरेकलाई रिलेट गर्ने उनले बताए । ‘यो फिक्सननै हो तर यसले धेरैलाई रिलेट गर्छ , जहाँ मेरो भोगाई पनि जोडिएको छ’उनले भने । उनले छायांकनको समयमा कलाकारहरुलाई पात्रमा रहन आग्रह गर्दै आँसु निकाल्न ग्लिसिरिन जस्ता पदार्थको प्रयोग नगर्ने बताएका थिए । ‘मैले दिएको पात्रलाई सबै कलाकारले जिउनु भयो’ उनले भने ,’मैले देखेको फिल्मलाई पर्दामा उतार्न कलाकारले निकै मेहनत गर्नु भएको छ , सबैलाई धन्यवाद ।’

उनले फिल्मको ट्रेलर पनि सिनेमास्कोप बनाएका छैनन् , फिल्म पनि यहिँ फर्म्याटमा आउछ । तर , किन त ? उनले यसलाई फिल्मको कथाअनुसार सेटअपको कारण दिन्छन । ‘हाम्रो अधिकांस दृश्य हस्पिटलमा छ , जहाँ सिनेमास्कोपमा देखाउदा दर्शकको ध्यान पात्र भन्दा पनि दृश्यमा जानसक्छ’ उनले भने ,’दृश्यमा पात्रलाई मात्र फोकस गर्न मैले फोर इज्टू थ्रीमा फिल्म ल्याउदै छु अनि त्यहि फर्म्याटमा ट्रेलर पनि आएको हो ।’ उनले फिल्मको कथा आमाको मध्यमले भनिने समेत बताए । नेपालमा बनेको पहिलो फिल्म ‘आमा’को नाम सापटी लिदै निर्माण गरिएको यसफिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । फिल्ममा आमाको भूमिकामा मिथिला शर्मा छिन ।

तर , आमाको भूमिकाको लागि मिथिला पहिलो रोजाई होइनन् । फिल्मकै घोषणामा यस भूमिकामा सुर्यमाला खनाल प्रस्तुत हुने बताइएको थियो । तर , यतिबेला फिल्ममा मिथिला शर्मा छिन् । यसलाई मिथिलाले सुर्यमालाको ब्याडलकको रुपमा लिन्छिन् । ‘सूर्यमालाजी निकै राम्रो कलाकार हो तर , उँहाको भाग्यमा आमा रहेनछ’ उनले भनिन् ,’उँहा हजुरआमा बन्दा आमा बन्ने सौभाग्य मैले पाए ।’किनकी फिल्म उनकै वरिपरी घुमेको छ । तर , उनले सार्वजनिक तस्वीर मार्फत नै आमाको उपनाम पाएको बताउछिन् । ‘मलाइ दिदी भनेर सम्बोधन गर्नु हुन्थ्यो तर अब आमा भन्न थाल्नु भएको छ’ मिथिलाले भनिन् । उनले यस आफ्नो अभिनय करियरकै घुम्तीको रुपमा पनि लिन्छिन् । ‘हरेको अभिनय जीवनमा एउटा घुम्ती आउछ त्यो मेरो लागि आमा हो’ उनले भनिन् । उनले ‘आमा’ उपनाम पाउनेमा विश्वस्त रहेको समेत बताइन ।

फिल्मकी अर्की लिड कलाकार सुरक्षा पन्त हुन् । जो अर्ध मुण्डनमा देखिएकी छिन् । फिल्म आउँदो फागुन ९ मा रिलिज हुँदैछ । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको यस फिल्ममा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको मुख्य भूमिका रहनेछ । फिल्मलाई निर्देशक खनाल आफैले खिचेका हुन् । यसलाई उपत्यकामा रीच इन्टरटेनमेन्टका करण क्रेजी र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्