गसिप । आँचल शर्मा जे कुरामा पनि छिटी छन्। यही बानीले नै हो, छोटो समयमा फिल्ममा पनि राज गर्न सफल भएको। तर, उनको छरितोपन फिल्मलाई भने भारी पर्ने गरेको छ। हाल्न हुने, नहुने सबै चिज सामाजिक सञ्जालमा हालिदिएपछि फिल्मप्रतिको उत्सुकता भने उत्तिकै चाँडो हराउने डर हुन्छ। आँचल अहिले भकुण्डेबेसीमा ‘झिंगेदाउ’को सुटिङ गरिरहेकी छिन्। को–स्टार छन्, केकी अधिकारी। केही दिनअघि आँचलले नै केकीसँग मिलेर मुसलमा केही कुट्दै गरेको फोटो सार्वजनिक गरेकी थिइन्।
चोली तुनामा सजिएका यी दुईको तस्बिरले फिल्ममा उनीहरूको भूमिका के होला भन्ने उत्सुकता पनि जन्माएको थियो। तर, यो थाहा पाउन दर्शकले हलसम्म जानै परेन। तस्बिर बाहिरिएको दुई दिन पनि नबित्दै आँचलले इन्स्टामा केकीसँगको तस्बिर राख्दै उनलाई जेठानी भनेर सम्बोधन गरेकी छिन्। मतलब, फिल्ममा केकी र आँचलले देउरानी–जेठानीको भूमिका निर्वाह गरेका रहेछन्। भर्खर सुटिङ थाल्दा आँचलको यो हाल छ। सुटिङ सक्दासम्म आँचलले फिल्मको के कुरा हाल्न बाँकी राख्लिन् ? (सम्पूर्ण साप्ताहिकबाट)










