फिल्म । बलिउडमा हिट फिल्म मध्यको एक हो ‘हेराफेरी’ सिरिज । फिल्मलाई दर्शकले निकै रुचाएका थिए । यसको रिलिज भएको दुवै सिरिजलाई दर्शक साथ मिल्यो भने बक्स अफिसमा निकै कमाइ गर्यो । यसैले गर्दा यसको चर्चा बलिउडमा हुने गर्छ । यसको नयाँ सिरिज छिटै बन्ने र यसलाई अघिल्लो दुइ सिरिजलाई निर्देशन गरेका प्रियादर्शनले नै निर्देशन गर्ने भएका छन् ।
फिल्म अक्षय कुमार , सुनिल शेट्टी र परेश रावलको वरपर घुम्छ । फिल्मको लागि सुनिल र परेशले समय निकालेता पनि अक्षयले भने समय निकालेका थिएनन् । यसैले गर्दा फिल्म बन्ने चर्चा भएता पनि यसले मुर्त रुप पाउन सकेको छैन । तर , पछिल्लो समय अक्षय आफैले फिल्म गर्ने संकेत गरे । ‘हामीले फिल्म गर्नेछौ र तयारी भईरहेको छ’ अक्षयले भने । उनले पछिल्लो समय फिल्म ‘गुड न्युज’ को प्रमोसनको क्रममा ‘हेराफेरी ३’ बारे बताएका हुन् । उनले आफ्नो स्टेटमेन्ट दिएसंगै फ्यान खुसि भएका छन् । फिल्म आउँदो वर्ष छायांकन हुनेछ भने सन् २०२१ मा रिलिज हुनेछ । राजु , श्याम र बबुरावको वरपर घुम्ने कथालाई दर्शकले भरपुर रुचाएका थिए । (एजेन्सी)










