निर्माता पोखरेललाई मातृशोक

फिल्म । निर्माता सुशील पोखरेललाई मातृ शोक परेको छ । उनको आमा भीमकुमारी पोखरेलको आज निधन भएको छ । लामो समय देखि दम रोगले ग्रसित पोखरेलको ७२ वर्षको उमेरमा आज बिहान ९ बजे ३५ मिनेट जादा स्वर्गारोहण भएको हो । उनलाई उनकै इच्छा अनुसार पशुपतिमा ल्याइएको थियो । उनले पशुपति परिषरमा प्राण त्याग गर्ने इच्छा जाहेर गरेको बुझिएको छ ।

केहि समय यता उनको उपचार मेडिसिटी अस्पतालमा भईरहेको थियो । निर्माता पोखरेलको आमालाई श्रद्दाञ्जलि दिन फिल्मकर्मी , निर्माता , निर्देशकहरु आर्यघाट पुगेका थिए । मैदान , जीवनदाता , निगरानी , बडीगार्ड , राधे , यात्रा : अ म्युजिकल भ्ल्ग लगायतका फिल्मले उनले निर्माण गरेका छन् ।

कमेन्ट गर्नुहोस्