‘मै खिलाडी तु अनाडी’ को रिमेक बन्दै ?

फिल्म । बलिउडमा पछिल्लो समय रिमेक गीतको लहरनै छ । दर्शकले नोटिस गरिसकेको गीतलाई मोडर्न भर्सनमा ल्याउदा दर्शकले सजिलै रुचाउने भएकोले पनि मेकरहरु त्यसतर्फ लागेका छन् । यसैक्रममा बलिउडको विग व्यानर धर्मा प्रोडक्सनले पनि रिमेक फिल्मलाई अगाडी ल्याउने भएको छ । सन् १९९४ मा रिलिज भएको फिल्म ‘मै खिलाडी तु अनाडी’ लाई करण जोहरले रिमेक गर्ने सोच बनाएका छन् ।

फिल्मको राइट्स समेत उनको प्रोडक्सन हाउसले खरिद गरिसकेको छ भने यसको छायाँकन सन् २०२० को जुनपछी गर्ने सेड्युल रहेको छ । फिल्मलाई पुनित मलहोत्राले निर्देशन गर्ने चर्चा छ भने यसमा एक कलाकारको रुपमा सिद्धार्थ मलहोत्रा हुन् सक्ने अनुमान गरिएको छ । यद्दपी करणले फिल्मको बारेमा केहि बताएका छैनन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्