आमाकी आमा

फिल्म । आउँदो फागुन ९ मा फिल्म ‘आमा’ प्रदर्शनमा आउँदैछ । यसमा शिर्ष भूमिकामा छिन् मिथिला शर्मा । अर्थात् आमाको भूमिका उनकै हो । सार्वजनिक फस्ट लुकमा आमा सुरक्षा पन्तको मुण्डनको चर्चा भयो । फिल्ममा मिथिला आमा र सुरक्षा छोरीको भूमिकामा छिन् । यी दुइकै वरिपरी फिल्मको कथा घुमेको अनुमान सार्वजनिक फस्ट लुकले पनि गराएको थियो । पछिल्लो समय फिल्मसँग जोडिएको तस्वीरलाई निर्माण पक्षले सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गरेको छ ।

यसै क्रममा निर्देशक दीपेन्द्र के खनालले आफ्नो फेसबुक मार्फत फिल्मकी आमा अर्थात् मिथिला शर्माको तस्वीर सार्वजनिक गरेका छन् । जहाँ मिथिलालाई भावुक रुपमा देखाइएको छ । सार्वजनिक तस्वीरले आमाको भित्रको थुप्रै भावनालाई ब्यक्त गरेको आभाष लगाउन सकिन्छ । उनि कतै पालो कुरिरहेको देखिएको छ । संवत यो अस्पताल हुन् सक्छ ।

‘पशुपति प्रसाद’ जस्तो समिक्षक र दर्शकको मनमा बस्न सफल फिल्म निर्देशन गरेका निर्देशक दिपेन्द्रको कथा, पटकथा तथा निर्देशनमा नेपालमा बनेको पहिलो फिल्म ‘आमा’को नाम सापटी लिदै निर्माण भईरहेको फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । डीएस डिजिटलको ब्यानरमा निर्माण हुन लागेको यस फिल्ममा आमा र छोरीको कथालाई उठान गर्नेछ । यसमा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको मुख्य भूमिका रहनेछ । फिल्मलाई निर्देशक खनाल आफैले खिचेका हुन् । फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्